Prakash Adhikari October 14, 2023

काठमाडौं, २७ असोज। भाटभटेनीले सुपरमार्केटले नेपालीहरुको राष्ट्रिय चाड दशै र तिहारलाई लक्षित गरेर ‘ग्रेट भाटभटेनी कार्निभल’ कार्यक्रम ल्याएको छ।

भाटभटेनीले दसैं, तिहार र छठको अवसर पारेर कम्तीमा २ हजार ५ सयको सामान किन्दा टाटा टिगोर जित्ने कार्यक्रम बजारमा ल्याएको हो।

आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने पहलको रूपमा कार्यक्रमलाई लिइएको भाटभटेनीले जनाएको छ। ग्राहकले २ हजार ५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर कार्यक्रममा सहभागी हुन पाउनेछन्।

विजेताले टाटा टिगोर गाडी जित्नेछन्। सिप्रदीसँगको सहकार्यमा कार्यक्रमलाई ल्याइएको हो।

कार्यक्रम दसैँको घटस्थापना अर्थात् असोजको २८ गतेदेखि पुस १५ गतेसम्म चल्ने छ।

ग्राहकहरूले देशभरका भाटभटेनीका शाखामा गएर २ हजार ५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर प्रवेश टिकटमा आफ्नो विवरण भर्न सक्नेछन्। तोकिएको ‘लक्की ड्र बक्स’मा सो टिकट हाल्नुपर्ने छ।

सन् २०२४ जनवरीको पहिला हप्ता ‘लक्की ड्र’ मार्फत टाटा टिगोर विजेता भाग्यशाली ग्राहकको छनोट हुने छ।

कार्यक्रममा देशभर रहेका भाटभटेनीका २६ वटै आउटलेटमार्फत सहभागी हुन सकिने छ।

Share Now

Leave a comment.