काठमाडौं, ३० असोज । सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेकोे नेपाल विद्युत प्राधिकरणले आफ्नो साख निर्धारण गराएको छ ।
क्रेडिट रेटिड. संस्था इक्रा नेपालले प्राधिकरणलाई डब्बल ए प्लसको रेटिड. दिएको छ ।
रटिड.मा उल्लेख भए अनुसार प्राधिकरणले एकै आर्थिक वर्षमा १ खर्बभन्दा बढीको कारोबार (गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार प्राधिकरणले सन् २०२२ ।२३ मा १ खर्ब ९ अर्ब रुपैयाँको व्यापार गरेको हो।
अघिल्लो वर्ष २०२१ ।२२ मा प्राधिकरणले ९७ अर्ब २६ करोडको कारोबार गरेको थियो। प्राधिकरणले २०२२ । २३ मा विद्युत निर्यातबाट कुल आम्दानीको १० प्रतिशत आर्जन गरेको छ। अघिल्लो वर्ष यो आर्जन ५ प्रतिशत मात्रै थियो।विद्युत बिक्रीबापतको रकम नै प्राधिकरणको आम्दानी हो।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताउनुभएको छ।
प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिसकेको छ । चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्राधिकरणको तयारी छ।
प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ। घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ।


















