मूलपानी(काठमाडौं), ६ फागुन । नेपालले भर्खरै गठन गरेको टिम ‘ए’ ले पहिलो खेल घरेलु मैदानमा क्यानडाविरुद्ध खेल्दै छ ।
नेपाल टिम ए र नेपाल भ्रमणमा रहेको क्यानडेली टोलीबीच आज मूलपानी क्रिकेट मैदानमा एकदिवसीय सिरिजको पहिलो खेल हुँदैछ ।
मूलपानी क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् ।
नेपाली टिम ए को कप्तान विनोद भण्डारी रहेका छन् ।
नेपालले यो श्रृखलालाई जित हार भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिएको छ । यो खेलमा नेपालको टिम ए ले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने छ ।
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाली टिम एको प्लेइङ ११ मा अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा रहेका छन् ।
शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी जगेडा खेलाडीका रुपमा बेञ्चमा रहेका छन् ।
साद बिन जफरको कप्तानीमा रहेको क्यानडाली टोलीमा आरोन जोन्सन, नवनित धालिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोही र निखिल दत्त रहेका छन् ।
क्यानडाको जगेडा खेलाडीमा निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना रहेका छन् ।
क्यानडाको यो टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसंग एक दिवसीय ऋखला खेलिसकेको छ ।


















