Prakash Adhikari May 9, 2018

 

सोल(कोरिया), २६ बैशाख । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको पाँचौं महाधिबेशनले आस्था विन्दु मल्लको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

गत आइतबार मे ६ का दिन सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो र महाधिवेशनबात सभापतिमा
आस्थाबिन्दु मल्ल, उपसभापतिमा जितेन्द्र सिंह महता,लक्ष्मण दाहाल रसुभाष योगी, महामन्त्रीमा कमल बहादुर मगर (कुमार थापा),सह-महामन्त्रीमा मित्र बन्धु काफ्ले, कोषाध्यक्षमा के पि चौलागाईं निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा खुल्लातर्फ योगेन्द्र भट्टराई ,मनोज थापा ,सिताराम तिमिल्सिना ,रत्न कुमार लिन्थेप,पुष्करराज भट्ट,खेमराज देवकोटा , ध्रुव प्रसाद पान्डे निर्वाचित भएका छन् ।त्यस्तै आरक्षण तर्फ प्रकाश लामिछाने (क्षेत्र नं १ निर्विरोध निर्वाचित),शेर बहादुर थापा क्षेत्र (नं २ निर्विरोध निर्वाचित),जय नारायण सुवेदी (क्षेत्र नं ३ निर्विरोध निर्वाचित),फर्सुराम पौडेल (क्षेत्र नं ४ निर्विरोध निर्वाचित),कविराम भण्डारी (क्षेत्र नं ५ निर्विरोध निर्वाचित),महेन्द्र पन्त (क्षेत्र नं ६ निर्विरोध निर्वाचित), राजेन्द्र प्रसाद लामिछाने (क्षेत्र नं ७ निर्विरोध निर्वाचित) र अमित राई (क्षेत्र नं ८ निर्विरोध) निर्वाचित भएका छन् ।

महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व स्वास्थ मन्त्री साथै प्रतिनिधि सभाका संसद गगनकुमार थापा , नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, कांग्रेस नेताहरु खगेन्द्र अधिकारी, पेमासिद्दी लामा लगायतका नेताहरुको उपस्थिति थियो ।

महाधिवेशन सम्पन्न गर्न निवर्तमान समितिका सभापति गिरिराज कुँवर , प्रकाश धमला, अग्नि राज कोइराला ,प्रकाश वलि ,केशव थापा ,ज्ञान् राज कोइराला ,सौरभ भट्टराई ,निर्वाचन कमिटी सदस्य तिर्थ घिमिरे ,किरण श्रेष्ठ ,स्वयम् सेवक संयोजक जित लामा र निर्वाचन समितिका संयोजक लक्ष्मण भन्तना लगायतको सक्रिय सहयोग रहेको थियो ।

Share Now

Leave a comment.