Prakash Adhikari February 21, 2024

काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

नेपालका ओपनर कुशल भूर्तेल र आशिफ शेख अहिले ब्याटिड.मा छन् ।

नेपालले ५.२ ओभरमा ३६ रन जोडेको छ ।

नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् । नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी प्लेइड. ११ मा रहेका छन भनेआरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा बेञ्चमा रहेका छन् ।

जेरार्ड एरास्मसको कप्तानीमा रहेको नामिबियाको टोलीमा जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज र जेपी कोट्जे रहेका छन् ।

Share Now