Prakash Adhikari March 7, 2024

काठमाडौं, २४ फागुन । झापा जिल्लाको दमकमा स्थापना गरिएको भाटभटेनी सुपरमार्केटको २७औँ आउटलेट बुधबारदेखि सञ्चालनमा आएको छ ।

बुधबार एक भव्य समारोहका बीचमा दमकमा स्थापित भाटभटेनी सुपरमार्केटको उद्घाटन कम्पनीका अध्यक्ष मीनबहादुर गुरुड.ले गर्नुभयो ।

सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने नगरवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा दमकमा विस्तार गरेको हो ।

उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको कम्पनीले जनाएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरायसी आवश्यकताका सबै सामान पाइन्छन् ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केटका आउटलेटहरू देशका सबैजसो प्रमुख शहरहरूमा खुलिसकेका छन् ।

नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी १ लाख ५० हजार थरी वस्तु पाइन्छन् ।

 

Share Now