कीर्तिपुर(काठमाडौं), १५ चैत्र । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्स र नेपालको ‘ए’ टोलीबीच आजदेखि तीन खेलको टी–२० सिरिज सुरु हुँदैछ।
खेल आज दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ।
आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरी पनि टोलीमा समेटिएका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन्। कमलले टी–२० र ओडीआई दुवै सिरिज खेल्ने छन् ।
ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि स्थान बनाएका छन्। ‘ए’ टोलीको प्रशिक्षणमा बोलाइएका भीम सार्कीले ओडीआई मा छन् तर टी–२० खेल्ने टोलीमा छैनन्।
सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।
टी–२० सिरिजपछि नेपाल र आयरल्याण्ड वुल्भ्सको टोलीले तीन खेलको ओडीआई सिरिज खेल्नेछ। ओडीआई सिरिज २१ गतेबाट सुरु हुनेछ। दोस्रो ओडीआई खेल २३ गते तथा अन्तिम खेल २५ गते हुने तालिका छ।
टी–२० टोली
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह एरि, हेमन्त धामी र बिकास अग्री।
ओडीआई टोली
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रन्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल।


















