सिन सेडन / बीबीसी न्यूज
जेरुसेलम(इजरायल), ० चैत्र । इजरायली सेनाले गाजाको अलशिफा अस्पताल कब्जा गरेको दुई सातापछि त्यहाँबाट बाहिरिएको जनाएको छ। त्यसक्रममा अस्पतालमा व्यापक क्षति पुगेको देखिएको छ।
इजरेल डिफेन्स फोर्सेस आईडीएफका अनुसार उक्त क्षेत्रमा आतङ्कवादीहरूको हत्या गरेको र कैयौँ हतियार र गुप्तचरी दस्ताबेजहरू फेला पारेको जनाएको छ।
इजरायलले आफ्नो गुप्तचरी सूचनामा उक्त अस्पताललाई हमासले हमला गर्ने आधारको रूपमा प्रयोग गरेको देखिएको भन्दै छापा मारेको थियो।
गाजामा युद्धविराम माग गरिएको प्रस्ताव राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पारित
युद्धग्रस्त गाजामा कुपोषणका कारण २७ बालबालिकाको मृत्यु
हमासले भने स्वास्थ्य केन्द्रहरूलाई सैन्य कारबाहीका लागि प्रयोग गरेको भन्ने आरोपलाई अस्वीकार गर्ने गर्छ।
गाजाको सबैभन्दा ठूलो उक्त अस्पतालमा पछिल्ला सातामा ठूला लडाइँहरू भएका विवरण आएका थिए।
इजरायली सेनाको भनाई
सोमवार उक्त अस्पतालबाट बाहिरिएसँगै आइडीएफले जारी गरेको एक विज्ञप्तिमा अल शिफा अस्पताल क्षेत्रमा मिहिन कारबाहीका काम सम्पन्न गर्दै सो क्षेत्रबाट बाहिरिएको जनाइएको छ।
सैनिकहरूले सर्वसाधारण, बिरामी र चिकित्सकहरूलाई हानि हुनबाट जोगाउँदै निकट मुठभेडका क्रममा आतङ्ककारीहरूको हत्या गरे, अस्पतालमा कैयौँ हतियार र गुप्तचर कागजातहरू बरामद गरे।
यसअघि प्रत्यक्षदर्शी र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्यालेस्टिनी सञ्चारमाध्यममा आएका खबरमा उक्त परिसर आसपासका दर्जनौँ शवहरू फेला परेको जनाइएको थियो।
बीबीसीले ती विवरणहरूको पुष्टि गरेको छैन।
तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले पछिल्ला दुई सातामा अलशिफामा २१ जना बिरामीको मृत्यु भएको जनाएको छ।
दुई सय मारिए, नौ सय गिरफ्तार
उक्त अस्पतालमा गरिएको कारबाहीमा २०० भन्दा धेरै ुआतङ्ककारीहरूु मारिएको इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले जनाउनुभएको छ ।
त्यहाँ पहिलो पटक छापा मार्ने घोषणा गर्दा आइडीएफका मुख्य प्रवक्ताले हमास आतङ्ककारीहरू अलशिफा अस्पतालभित्र पुर्न सङ्गठित भएको जनाउनुभएको थियो ।
त्यसपछि आइडीएफले अस्पतालको भुईँमा सटिक कारबाहीहरू गर्न लागेको भन्दै विस्थापित भएर त्यहाँ आश्रय लिइरहेका सर्वसाधारणलाई तत्काल त्यहाँबाट हट्न भनेको थियो।
१८ मार्चको सबेरै छापा मार्न सुरु गर्दा त्यस ठाउँमा भारी मात्रा गोली हानिएका र ट्याङ्कहरूले घेरेको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका थिए।
इजरायली सेनाले उक्त अस्पतालबाट संदिग्ध ९०० जनालाई कब्जा गरेको जनाएको छ।
जारी द्वन्द्वमा यसअघि समेत ७ अक्टोबरको घटनामा बन्धक बनाइएका मानिसहरूलाई अलशिफामा लगिएको भन्दै त्यहाँ छापा मारेको थियो।
लामो समयदेखि इजरायलले हमासलाई नागरिक स्वास्थ्य पूर्वाधारमा लुक्दै कारबाही सञ्चालन गर्ने आरोप लगाउने गरे तापनि उक्त प्यालेस्टिनी समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।
घेराबन्दी
कारबाहीका क्रममा अलशिफा र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ ।
डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेब्रेयेससले उक्त अस्पतालको अवस्थालाई घेराबन्दी बताउनुभएको थियो।
इजरायली सैनिक फिर्ता हुनुअघि यसअघि ट्विटर भनिने एक्समा लेख्दै उहाँले अस्पतालभित्र रहेका एक सय भन्दा धेरै मानिसहरू खानेकुरा, पानी र स्वास्थ्य सामग्री अभावका कारण सङ्घर्ष गरिरहेको बताउनुभएको थियो।
तर नेतन्याहूले अलशिफा आतङ्ककारीको सुरुङ भएकोमा जोड दिँदै मिहिन र सटिक ढङ्गले अचानक गरिएको हमलाका लागि इजरायली सैनिकको प्रसंशा गर्नुभयो।
इजरायली प्रधानमन्त्रीले आफ्नो नियमित स्वास्थ्य जाँचका क्रममा हर्निया देखा परेपछि शल्यक्रियामा जानु पूर्व आइतवार राति त्यसबारे बोल्नुभएको थियो।
सोमवार बिहान उहाँको कार्यालयले शल्यक्रिया सफल भएको र नेतन्याहू राम्रो अवस्थामा रहेको र स्वास्थ्य लाभ गर्न थालेको जनाएको थियो।


















