काठमाडौं, २२ बैशाख । नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज एसंगको श्रृखलाको अन्तिम तथा पाँचौ खेल नेपालले जितेको छ ।
कीर्तिपुुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इण्डिजले दिएको १सय ७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७ बाँकी रहदै हासिल गरेको थियो ।
नेपालको विजयमा अनिलकुमार साहले ५८, आशिफ शेखले ५१, कुशल मल्लले ३७ र कुशल भूर्तेलले १३ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा वेष्ट एण्डिजका ओवेड म्याक्कोनीले ३ र म्याथ्यु फोर्डले १ विकेट लिए ।
यस अगाडि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको वेष्ट एण्डिज ए ले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियो ।
वेष्ट एण्डिज ए को लागि अलिक अथनाजले ४२ रन, क्याप्टेन रस्टन चेसले ३३, जोन्सन चाल्र्सले २४ , म्याथु फोर्डे २३, कादिम अल्यिने र मार्क देयालले ११ । ११, हेडन वाल्सले ४ , फेवियन एलेनले ३ र गुडाकेश मोटीले १ रनको योगदान गरे ।
वेष्ट एण्डिज एलाई रोक्ने क्रममा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ । ३ तथा अभिनास बोहोराले एक विकेट लिए ।
आईसीसी टी ट्वान्टी विश्वकपको तयारी स्वरुप नेपालको आमन्त्रणमा आएको पाहुना टोलीसंग नेपालले ५ खेलको श्रृखला खेलको थियो ।
श्रृखलामा अन्तिम खेल पहिले नै पाहुना टोलीले ३ खेल जितेर श्रृखला आफ्नो पक्षमा पारेको छ । नेपालले सुरु र अन्तिम खेल जितेको छ । अन्तिम खेल जितेकोले विश्वकप खेल्न अमेरिका जान तयार भैरहेको नेपाली राष्ट्रिय टोलीको मनोबल भने उच्च भएको छ । विश्वकप खेल्ने टोलीलाई नेपाल क्रिकेट संघले हिजो औपचारिक बिदाई कार्यक्रम आयोजना गरेर बिदाई गरिसकेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको थियो। वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।
नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको थियो । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका थिए ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा सम्मिलित थिए ।


















