ताइपेइ(ताइवान), १० जेठ(बीबीसी) । ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले शपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरु गरेको छ।
चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले उक्त अभ्यासलाई ‘पृथकतावादी गतिविधिहरू’ विरुद्धको ूकठोर सजायू भनेका छन्। चीनको सैन्य अभ्यास बिहीवार सबेरैबाट सुरु भएको हो।
चीनसँगको सम्बन्ध हेर्ने ताइवानको सरकारी निकायले नेतृत्वले ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक पद्धतिको प्रतिरक्षा गर्ने बताएको छ।
उक्त अभ्यास मुख्य टापुसहित ताइवान स्ट्रेट र त्यसको पश्चिम अनि ताइपेईको नियन्त्रण रहेका जिन्मन, मात्सु, वुचियु र डोङ्यिन क्षेत्रवरपर भइरहेको छ।
ताइवानको रक्षा मन्त्रालयले बेइजिङको कदमलाई ूअर्थहीन उत्तेजनाू भनेको छ।
ताइपेईले आफ्नो ूसार्वभौमसत्ताको रक्षाका लागिू जल, वायु र स्थलसेना खटाएको मन्त्रालायको भनाइ छ।
जापानले चिनियाँ सैन्य अभ्यासबारे चासो व्यक्त गरेको छ।
जापानको मन्त्रिपरिषद्का मुख्य प्रवक्ताले ताइवान स्ट्रेटमा विकसित घटनाक्रमलाई जापानले नियालिरहेको बताउँदै ूत्यहाँ शान्ति र स्थिरताको महत्त्वको विषयमा सोझै चीनसँग कुरा गर्नेू बताएका छन्।
के भन्छ चीनरु
चीनको सेनाले आफ्नो अभ्यास समुद्री र वायु युद्धको तयारी गस्ती, प्रमुख निसानाहरूमा हमला र उक्त टापुको भित्री र बाहिरी क्षेत्रमा एकीकृत कारबाहीमा केन्द्रित रहेको जनाएको छ।
त्यसको उद्देश्य आफ्नो फौजको ूवास्तविक संयुक्त युद्ध क्षमता परीक्षण गर्नुू उसको भनाइ छ।
“यो ताइवानमा स्वतन्त्रता खोज्ने पृथक्तावादी गतिविधिविरुद्धको कठोर सजाय र बाह्य शक्तिहरूको हस्तक्षेप र उत्तेजनाविरुद्धको कडा चेतावनी पनि हो,” उसले भनेको छ।
लामो समयदेखि स्वशासन भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको ठान्छ। तर चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।
बेइजिङले लाईलाई विगतमा उनले ताइवानको स्वतन्त्रताको पक्षमा दिएको अभिव्यक्तिका कारण ूपृथक्तावादीू र ूसमस्याकारीू मान्ने गरेको छ।
गत साता लाईले चीनलाई ताइवानविरुद्ध धम्की दिन बन्द गर्न भन्नुभएको थियो। बेइजिङले उक्त मन्तव्यको निन्दा गरेको थियो र विदेशमन्त्री वाङ यीले राष्ट्रपति लाई ूकलङ्कू भएको अभिव्यक्ति दिनुभएको थियो ।
गत जनवरुीमा लाई निर्वाचित भएपछि बेइजिङले एउटा विज्ञप्ति जारी गर्दै ूताइवान चीनको अङ्ग रहेकोू दोहोर्याएको थियो। लाईले गरेको वार्ताको प्रस्ताव चीनले अस्वीकार गर्दै आएको विवरणहरू सार्वजनिक भएका छन्।
ताइवान के भन्छ रु
केही वर्षयता चीनले बारम्बार लडाकु विमान र जलसेनाका पानीजहाजहरूले ताइवान घेराबन्दी गर्ने अभ्यास गरेको छ। लाईले पदभार ग्रहण गर्नुअघि ताइवानले चिनियाँ सैन्य हस्तक्षेप बढेको टिप्पणी गरेको छ।
तर अहिलेसम्म ती गतिविधिबाट आक्रमण हुन लागेको स्पष्ट सङ्केत देखिएको छैन। त्यस्ता गतिविधिहरू अस्पष्ट परिधिमै सीमित छन्।
विश्लेषकहरूका अनुसार अस्पष्टता सिर्जना गर्ने रणनीतिले शत्रुपक्षलाई लामो समयसम्म कमजोर बनाउने उद्देश्य राख्छ र अहिले चीनले ताइवानमा ठ्याक्कै त्यस्तै गर्न चाहेको देखिन्छ।
ताइवानले बिहीवारको अभ्यासले बेइजिङको ूसैन्य मानसिकता उदाङ्गोू पारेको जनाएको छ।
“हालैका वर्षमा चिनियाँ वायुसेना र पानीजहाजले गरिरहेको निरन्तरको हस्तक्षेपले विश्वशान्ति र स्थिरतामा उल्लेख्य प्रहार गरेको छ।”
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य अभ्यासले ताइवानको शान्ति र स्थिरतामा कुनै योगदान नपुर्याउने बरु आक्रामक चिनियाँ सैन्य मानसिकतालाई प्रतिविम्बित गर्ने तर्क गरेको छ।
चीन(ताइवान सम्बन्ध
किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैनरु सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
ताइवानमा कस्तो शासन छरु ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छरु ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।


















