Prakash Adhikari June 21, 2024

वेष्ट एण्डिज, ७ आषाढ । आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ ।

पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।

यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र अष्ट्रेलियाले समान २–२ अंक जोडेका छन् ।

अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याइरहेका बेला ११.२ ओभरमा पानी परेर खेल प्रभावित भएको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो ।

वर्षा नरोकिएपछि डकवर्थ एण्ड लुइस (डीएलएस) मेथडको आधारमा अष्ट्रेलियालाई २८ रनले विजयी घोषणा गरिएको हो ।

 

Share Now