Prakash Adhikari June 6, 2018

काठमाडौं , २३ जेठ । नेपाल वायुसेवा निगमका विमान चालक क्या. गोपाल विष्टले राजिनामा दिएका छन् । उनले हिजो राजिनामा दिएका हुन् ।
गोपालको राजिनामासंगै निगमले ल्याएका चिनिया जहाज चलाउने पाइलटहरुको संख्या घटेको छ । यस अगाडि प्रशिक्षक पाइलट आङनुरी शेर्पा र अनिशमान शाक्यले राजीनामा दिएका थिए । अब निगममा चिनिया जहाज चलाउन जम्मा ५ जना पाइलट रहेका छन निगममा चारवटा वाई १२ र दुई एम ए ६० सेरिजका चाइनिज विमानहरु रहेका छन् । ती मध्ये वाई १२ चलाउन २जना पाइलट छन भने एम ए ६० चलाउन ३ जना पाइलट रहेका छन् ।

निगमका प्राविधिकहरुका अनुसार ६ वटा जहाज नियमित उडाउन १५ जना पाइलटको आवश्यकता पर्दछ । तर ती विमानहरु केवल अन्तराष्ट्रिय र आन्तरिक उडानमा थपिदै गएका विदेशी र स्वदेशी विमान कम्पनीका नियमित उडानका साँघुरो बन्दै गएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको लागि बोझमात्र भएका छन् ।

बेचेको जहाजको लफडा

नेपालबाट अमेरिकाको ख्यातिप्राप्त बोइड. कम्पनीको जहाजलाई पूर्णत विस्थापिन गर्ने नियोजित योजना अनुरुप निगमले अन्तराष्ट्रिय रुपमै सार्वजनिक टेण्डर गरी विक्री गरेको बोइड. ७५७ २०० सेरिजको नाइन एन एसीए कल साइनको कर्णाली  जहाज पनि निगमको लागि घाँडो भएको छ ।

निगमले १५ करोड रुपैयामा सो जहाज गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई गत असोजमा विक्री गरेको थियो ।
जहाज किने पनि स्वामित्व लिनेदिने काम बाँकी रहेकोले सो जहाज बीबी एअर वेजको पूर्ण स्वामित्वमा गएको छैन । आफूसंग विमान सञ्चालन अनुमति पत्र नभएकोले उसले जहाज सकार्न आलटाल गरिरहेको छ । आफूले खरिदको लागि आंशिक भुक्तानी समेत गरिसकेको विमान किन्न सकार्नका लागि उसले इञ्जिनको अवस्था हेर्न निर्माता कम्पनी रोल्स रोयसबाट प्राविधिक झिकाउने काम भैरहेको बताएको छ ।

निर्माता कम्पनीका प्राविधिकहरुले हाल जडित इञ्जिन मर्मतसंभार पछि केही बर्ष चल्न सक्ने भएमा विमान सकार्ने र नसक्ने भएमा नलिने जस्तो आशय व्यक्त गरेको छ । विक्री भएको जहाजको ९ महिनासम्मको पार्किड् शुल्क नै करोडौं पुगेको दावी त्रिभुवन विमानस्थलका कर्मचारीहरुले गरेका छन् । खरिद बिक्री संझौता अनुरुप क्रेताले विमानको सम्पूण स्वामित्व आफूले काननी रुपमा नलिएसम्म यस्तो शुल्कको भार निगममा नै रहनजान्छ ।

निगमका उच्च व्यवस्थापकहरुका अनुसार निगमको वर्तमान व्यवस्थापन आफ्नो भएको सम्पत्तिको सुव्यवस्थापन गर्न पूर्णत असफल भएको छ ।

प्रत्यक्ष संझौता सञ्चालक समितिद्धारा अस्वीकृत

नेपाल वायुसेवा निगमले निकट भविष्यमा आउने भनिएका एअरबस ३३०—२०० मोडलका वाइर्ड बडी जहाजका इञ्जिन मर्मतका लागि इञ्जिन निर्माता कम्पनी रोल्स रोयसंग १२ बर्षका लागि सीधै संझौता गर्न व्यवस्थापनका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकारले राख्नुभएको प्रस्ताव सञ्चालक समितिको बैठकले अस्वीकृत गरेको छ ।

पर्यटन सचिव कृष्ण देवकोटाको अध्यक्षतामा बसेको बोर्ड बैठकले इञ्जिन मर्मत संभारका लागि आशय पत्र माग गरिसकेको अवस्थामा सीधै कुनै खास कम्पनीलाई सीधै टिका लगाएर दिनु सार्वजनिक खरिद ऐनको मर्म विपरीत भएको बताउदै सो प्रस्ताव अस्वीकृत गरेको हो ।

यस अगाडि निगमले ल्याउन लागेका दुईवटा वाइडबडी विमानमा जडान हुने ४ थान रोल्सरोयस इञ्जिनको मर्मत संभारको लागि आरएफपी माग गरेको थियो ।

आशय ंपत्रमा इञ्जिन निर्माता कम्पनी रोल्स रोयसले सहभागिता जनाएको छैन । निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार चैत्र महिनाको अन्तिम साता खोलिएको खोलिएको गोप्य प्रस्तावमा रोल्स रोयस बाहेकका तीन कम्पनीले इञ्जिनको मर्मत संभारमा प्रस्ताव पेश गरेका छन ।

त्यस्तै जहाजको एअर फ्रेम अर्थात बडी मर्मत गर्नका लागि सात कम्पनीले प्रस्ताव पेश गरेका छन् ।

निगमको स्वामित्वमा आउने भनिएको एअरबस ३३०—२०० को इञ्जिन मर्मत संभारका लागि टवाईन सर्भिस एण्ड सर्भिस अबुधावी (यूएई), एएआर सप्लाएर संयुक्त राज्य अमेरिका र लुफ्थान्जा जर्मनीले प्रस्ताव पेश गरेका छन् ।
यस्तै जहाजको बडी अर्थात एअरफ्रेम मर्मत संभारको लागि नोज टु टेल मेन्टेनेन्स सपोर्ट, आइएआई बेडेक इजराइल, आइबेरिया एअरलाइन्स स्पेन, एसटि एरोस्पेस सिंगापुर,एएआर संयुक्त राज्य अमेरिका,हंगकंग एअरक्राफ्ट इञ्जिनियरिड. कम्पनी(हेको) र लुफ्थान्जा जर्मनीको प्रस्ताव परेको छ ।

निगमले २१ दिनको म्याद राखेर २० मार्चमा यस सम्बन्धी आशय पत्र(इओआई) माग गरेको थियो ।
निगमले आफूसंग रहेका जहाजको मर्मत संभारका लागि पहिले मर्मत संभार कम्पनी सूचिकृत गर्ने र इञ्जिन तथा एअरफ्रेम मर्मत संभार गर्न परेमा तिनै सूचिकृत कम्पनीबाट आर्थिक प्रस्ताव माग गरी उपयुक्त कम्पनी चयन गर्ने परम्परा चलाउदै आएको छ ।

निगमले २० मार्चमा सार्वजनिक गरेको सूचनामा प्राप्त आशयपत्र मूल्यांंकनका ६ वटा आधार निर्धारित गरिएको छ । जसमा आरआर टे«न्ट ७७२ बी सेरिजका इञ्जिन जडान भएका एअरबस ३३०—२०० मर्मत संभार गर्नेगरेको प्रतिष्ठित एअरलाइन्स वा मर्मत संभार केन्द्र हुनुपर्ने, जहाजका विभिन्न भागका मर्मत र संभारका लागि आन्तरिक मर्मतको सुविधा र क्षमता हुनुपर्ने, मर्मत संभारको गुणस्तर यूरोपको इएएसए , अमेरिकाको एफएए र दुवै मुलुकको नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त भएको प्रमाणपत्रको म्याद नसकिएको हुनुपर्ने, मर्मत संभार कम्पनीले जहाज भूमिस्थ भएको अवस्थामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, नेपालको नागरिक उड्डयन प्राधिकरणबाट मर्मत संभार प्रमाणपत्र वा स्वीकृति लिएका कम्पनीहरुले यसको छायाप्रति संलग्न गर्नुपर्ने र नलिएकाहरुले काम पाएमा प्राधिकरणको स्वीकृति अथवा प्रमाणिकरण लिने लिखित प्रतिबद्धता पेश गर्नुपर्ने जस्ता क्राइटेरिया राखिएका छन् ।

व्यवस्थापनको लहड

इञ्जिन र बडी मर्मत संभारको लागि सूचिकृत हुन विश्वभरीका मर्मत संभार केन्द्र सहित प्रतिष्ठित एअरलाइन्सलाई सार्वजनिक सञ्चार माध्यममार्फत दरखास्त आह्वान गरेकै बेला निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले गत चैत्र २० गते होटल सांग्रिलामा एक पत्रकार सम्मेलनको आयोजना गर्नुभयो ।

निगमका नायबमहाप्रबन्धक र विभागीय निर्देशकहरुलाई समेत साक्षी राखेर उहाँले निकट भविष्यमा निगमको बेडामा आउने दुईवटा वाइड बडीका जहाजको इञ्जिन त्यसकै निर्माता कम्पनीलाई १२ बर्षका लागि मर्मत संभार गर्नदिन लागिएको घोषणा गर्नुभयो ।

सो समयमा उहाँले यसको मोटामोटी लागत पनि पेश गर्नुभएको छ । उहाँका अनुसार दुईवटा वाइड बडीमा लाग्ने ४ थान इञ्जिनको लागि मासिक ६ करोडका दरले बार्षिक ७२ करोड रुपैयामा यस्तो करार गर्ने तयारी भित्रभित्रै भैरहेको छ । १२ बर्षमा यस्तो रकम ८ अर्ब ६४ करोड हुन जान्छ ।

सार्वजनिक खरीद ऐन,नियमवली र आर्थिक प्रशासन ऐन तथा नियमावलीले यसरी एक दशकभन्दा बढीको ठेक्का एकैपटक लगाउन मिल्छ कि मिल्दैन त्यो अलग्गै पाटो भयो तर निगमका कार्यकारी प्रमुखले दिन चाहेको कम्पनीले मर्मत संभारमा सूचीकृत नै हुन नचाहानु भने अनौठो पहेली भएको छ ।

उच्च सूत्रहरुका अनुसार रोल्स रोयस जस्तो प्रतिष्ठित कम्पनी निगमको गिर्दौ साखका कारण मर्मत संभारको काममा इच्छुक नदेखिएको हो । निगमको कामकारबाही पारदर्शी छैन र भुक्तानीमा सधै किचकिच हुन्छ भन्ने व्यापक गुनासो छ । बेलायत जस्तो कानूनी राजमा विश्वास गर्ने ठाँउमा स्थापित रोल्सरोयस निगमले खरिद गर्न लागेको वाइडबडीका जहाजको खरिदप्रक्रियाबाटै तर्सेको बताइन्छ ।

निगमले नयाँ जहाज पनि निर्माता कम्पनी एअरबससंग सिधै नकिनेर जहाज भाडामा लगाउने काम गर्ने विचौलिया कम्पनी मार्फत खरिद गरिरहेको छ । सोही एएआर नामक कम्पनीले भने इञ्जिन र एअरफ्रेम दुवैको मर्मत संभारमा आशय पत्र पेश गरेको छ ।

Invitation for EOI for getting enlisted in NAC’s A330-200 Maintenance Support Provider’s List

20 Mar, 2018

 

Nepal Airlines Corporation, CAM Department
Tribhuvan International Airport, Kathmandu, Nepal

Invitation for “Expression of Interest(EOI)”for getting enlisted in NAC’s “A330-200 Maintenance Support Provider’s List
Date of Publication: 20 March 2018

Nepal AirlinesCorporation (NAC) Continuing Airworthiness Management (CAM) Department intends to enlist the names of reputed Airlines or Maintenance Repair Overhaul Organization (MRO) for maintenance support of its A330-200 aircraft fitted with RR Trent 772B engines in near future.

General Terms& Conditions:
1. Expression of interest (EOI) are invited from interested reputed airlines or Maintenance Repair/Overhaul Organization (MRO). The EOI will be evaluated on the basis of six criteria mentioned below. Any party not fulfilling any of these six criteria will not be considered for enlisting in NAC’s “A330-200 Maintenance Support Provider’s List”

  1. Should be a reputed airlines or MRO with line and base maintenance capabilities on A330-200 fitted with RR Trent 772B engines.
    b. Should have its own in-house maintenance repair/overhaul facilities and capabilities for aircraft components.
    c. The in-house line and base maintenance repair/overhaul facilities and capabilities should have approval from EASA or FAA and local (respective country’s) Civil Aviation Authority. All the certificates of approval must have current validity.
    d. The airlines/MROs must mention their capabilities as stipulated in the approved Maintenance Organization Exposition (MOE).
    e. The airlines/MROs should have commitment to support AOG services.
    f. The Airlines/MROs which have already obtained the CAAN (Civil Aviation Authority of Nepal) approval/validation certificate should submit together with the EOI application. Those who do not have the CAAN approval/validation certificate should commit in writing to obtain the CAAN approval/validation certificate if awarded for the Maintenance support.
  2. Identification of the facilities/capabilities, certificates of approval and commitment (mentioned in item no.1 above) should be enclosed in an envelope clearly marked in capital letter as:
    “EOI for getting enlisted in NAC’s A330-200 Maintenance Support MRO Service Provider’s List”
  3. Completed EOI envelop with documentation as mentioned in item no.2 above should reach to CAM Department, NAC within 21(twenty one) days before 17:00 hours local time from the first date of publication of this notice in a daily newspaper of national circulation and NAC’s website. EOI envelop received after due date will not be considered. EOI sent through electronic means of communication fax, email etc within the stipulated date will also be accepted.
  4. All EOIs received will be opened in CAM Department, NAC, Kathmandu at 14:00 hrs local time on the next day of closing date of submission in presence of authorized/official representative of the applicant or even in their absence.
  5. The interested airlines/MROs are requested to submit their EOI to the address below:
    Nepal Airlines Corporation
    CAM Department, Tribhuvan International Airport
    Kathmandu, Nepal
    Tel: +977 1 4470670 Fax: +977 1 4470768
    Email: ed@nac.com.np, engplanning@nac.com.np, engdept@nac.com.np
  6. NAC reserves all rights to accept or reject to enlist any or all the proposal so received without assigning any reason whatsoever.
  7. The enlisted airlines/MROs will be invited to participate in the sealed quotation/tender bid for NAC’s A330-200 aircraft in near future.

 

 

 

 

Share Now

Leave a comment.