Prakash Adhikari July 23, 2024

एन्थनी जर्कर / उत्तर अमेरिका संवाददाता

वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), ८ साउन । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखियो।

आफ्नो पार्टीबाट उम्मेदवार हुन उहाँलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उहाँले धेरै चुनौती खेप्नुपर्ने छ। उहाँको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्।

ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिनुभएको छ। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा हुनुहुन्थ्यो।

राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उहाँको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।

पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उहाँलाई उम्मेदवार स्वीकार गरिसक्नुभएको छ।

त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।

उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी ुस्विङ स्टेटु भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो।

नयाँ थालनी

डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ।

ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले ८ करोड अमेरिकी डलर चन्दा पाउनुभएको छ। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो।

उहाँसँग यसअघि नै बाइडन(ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ।

पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि ृबाइडनकोे उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ।

ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहनुभएका बाइडनमाथि महिनौँदेखि उहाँको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।

ह्यारिस अहिले ५९ वर्षकी हुुनुभयो। उहाँ थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्नुहुन्छ र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्नुहुन्छ। उहाँले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्नुहुन्छ। ट्रम्प राष्ट्रपतिमा बन्नुभयो भने उहाँ अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुनुहुने छ।

ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उहाँले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।

यदि उहाँले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सक्नुभयो भने त्यसले निर्णायक मानिएका ुस्विङ स्टेटुहरूमा उहाँ ट्रम्पविरुद्ध बलियो अवस्थामा हुनुहुने छ।

अमेरिकाको यो पटकको निर्वाचनमा ुस्विङ स्टेटुहरू ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।

गर्भपतनको मुद्दा

ह्यारिस पहिला सरकारी वकिल हुनुहुन्थ्यो।

सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षा राख्दा उहाँलाई “कमला प्रहरी हुन्” भनेर उपहास गरिएको थियो। तर त्यो छविले

उहाँलाई ट्रम्पविरुद्धको प्रचारमा भने सहयोग पुर्‍याउने छ।

उपराष्ट्रपति गर्भपतनबारे पनि बाइडन प्रशासनको केन्द्रीय व्यक्ति रहनुभयो। यो विषय पछिल्ला निर्वाचनहरूमा डेमोक्र्याटिक पार्टीको बाहुल्य रहेका राज्यहरूमा बलियो मुद्दा बनेको छ।

तर यो विषयमा बाइडनले अलि कम पैरवी गर्नुभयो। यसको प्रक्रियामा केही हदसम्म समर्थन गर्नुभएका उहाँलाई त्यसले फाइदा नगरेको महसुस भएको थियो।

“मेरो विचारमा उहाँले ठूला सहरवरपर बस्ने महिलाहरू र विशेष गरी प्रतिस्पर्धा हुने राज्यहरूमा प्रजनन अधिकारबारे स्मरण गराउनुहुने छ,” न्यूयोर्कका पूर्व सांसद तथा डेमोक्र्याटिक पार्टीका चुनावी प्रचार अभियानमा संलग्न स्टीभ इजरेलले बीबीसी अमेरिकाको पड्कास्टमा भन्नुभएको छ।

ूहामीले प्रचारमा पूरै नयाँ थालनी गरेका छौँ।”

ह्यारिसका कमजोर पक्ष

ह्यारिसका कैयौँ सबल पक्ष भए पनि केही डेमोक्र्याटहरूले सुरुमा बाइडनलाई पछि हट्न नदिनुका केही कारणहरू थिए।

गर्भपतनबारे डेमोक्र्याटहरूमा उत्साह भर्न सफल भए पनि ह्यारिसको उपराष्ट्रपतिको कार्यकाल भने मिश्रित रह्यो। उपराष्ट्रपति बनेलगत्तै उहाँलाई अमेरिका(मेक्सिको सीमाको आप्रवासन सङ्कटको समाधान गर्ने जिम्मेवारी दिइयो।

तर केही गलत कदम र केही टिप्पणीका कारण उहाँको धेरै आलोचना भयो।

रिपब्लिनहरूले ह्यारिसलाई राष्ट्रपति बाइनडकी ूबोर्डर जारू अर्थात् ूसीमा साम्राज्ञीू को सङ्ज्ञा दिएका छन्। सीमामा आप्रवासीको आगमन रोक्न उहाँ विफल भएको तर्क गर्दै रिपब्लिकनहरूले त्यसो भनेका हुन्।

“तीव्र प्रतिस्पर्धा रहेका राज्यहरूमा डेमोक्र्याटका लागि आप्रवासन नरम मुद्दा हो,” इजरेल भन्नुहुन्छ।

“ठूला सहर वरपरका क्षेत्रमा बस्ने मानिसहरूका लागि यो प्रमुख मुद्दा हो। उनीहरू हाम्रो आप्रवासन प्रणाली राम्रोसँग व्यवस्थित नभएको ठान्छन्।”

“ट्रम्पको चुनावी प्रचार अभियानले उपराष्ट्रपतिको सरकारी वकिलको पृष्ठभूमिलाई उहाँविरुद्ध प्रयोगको प्रयास गर्ने छन्। त्यसमा दुई कुरा प्रयोग हुने छन् – एउटा पूर्वराष्ट्रपति ट्रम्पको फौजदारी न्यायमा सुधार र अर्को उहाँले विगतमा गरेका कमजोर अभियोजनका निर्णयहरू चर्चामा ल्याएर।

विगतमा ह्यारिस उम्मेदवार बन्दा देखिएका केही घटनाक्रम पनि उहाँका लागि अहिले प्रतिकूल बन्न सक्छन्। सन् २०१६ मा सिनेटको उम्मेदवार हुँदा उहाँले डेमोक्र्याटिक पार्टीको प्रभाव रहेको क्यालिफोनिर्या राज्यमा रिपब्लिकन पार्टीबाट कमजोर विपक्षीको सामना गर्नुभयो।

तर सन् २०२० मा उहाँले राष्ट्रपतीय उम्मेदवार बन्नका लागि गरेको प्रयास खेर गयो। उहाँले निकै अगाडि उम्मेदवारी घोषणा गरे पनि उहाँका अन्तर्वार्ताहरू फितला भए भने उहाँसँग स्पष्ट दृष्टिकोण नभएको देखिएको थियो। उहाँको प्रचार अभियान पनि अव्यवस्थित थियो। अन्ततः उहाँ

सम्भवतः ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती भनेको उनी बहालवाला राष्ट्रपति नहुनु हो। उहाँले आफूलाई बाइडन प्रशासनका केही नीतिहरूबाट अलग राख्न सक्ने अवसर पनि छ। तर त्यसो गर्दा उहाँले मतदाताहरूमा आफ्नो खास क्षमता के हो भनेर देखाउन सक्नुहुन्न।

रिपब्लिकनहरूले ह्यारिसलाई कम अनुभवी र राष्ट्रपति बनाउन जोखिम हुने व्यक्तिका रूपमा प्रचार गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। यो अवस्थामा ट्रम्पले आफूलाई मात्रै यसअघि परीक्षण भइसकेको र अनुभवी व्यक्तिको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ।

उपराष्ट्रपतिले आगामी दिनमा अमेरिकी जनतासम्म आफ्नो नयाँ छाप बनाउन सक्नुहुन्छ।

ह्यारिस उम्मेदवार नबन्दा के हुन्छ ?

उहाँ उम्मेदवार बन्ने अवसरबाट वञ्चित हुँदा भने डेमोक्र्याट पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनमा शक्ति सङ्घर्षको नयाँ ढोका खुल्ने छ।

डेमोक्र्याटहरूले विभिन्न उम्मेदवारलाई एक ठाउँमा ल्याएर पार्टी एकताबद्ध बनाउन वा अझै विभाजित बनाउन सक्छन्।

ह्वाइटहाउसका लागि हुने प्रतिस्पर्धा निकै छिटो र स्थायी रूपमा परिवर्तन हुन सक्ने विगत चार सातामा देखिएको छ।

ह्यारिसले अमेरिकी राजनीतिको सबैभन्दा ठूलो मञ्चका लागि टिकट पाउनुभएको छ र अब उहाँले आफू प्रतिस्पर्धा गर्न सक्षम छु भनेर प्रमाणित गर्ने समय आएको छ।

Share Now