• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • खेल
  • English

You are here:

  • Home
  • आर्थिक
  • निजी क्षेत्र व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्छ: अर्थमन्त्री पौडेल

निजी क्षेत्र व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्छ: अर्थमन्त्री पौडेल

Prakash Adhikari August 28, 2024
काठमाडौँ, ११ भदौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताउनुभएको छ ।
मंगलवारदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गर्नुभयो ।
“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उहाँको भनाइ छ ।
निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने  र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गर्नुभयो ।
नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई बिसाली वस्तुका रुपमा भन्दा पनि आवश्यक वस्तुका रुपमा लिइनुपर्ने बताउनुभयो । त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले मुलुकको समग्र अर्थतन्त्र सुस्ताकएका कारण अटोमोबाइल क्षेत्र सुस्ताएको बताउनुभयो । सरकारको वित्त नीति तथा मौद्रिक नीतिबाट केही सहज व्यवस्था गर्नसके अटोमोबाइल क्षेत्रको बजार केही चलायमान हुने उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि अटोमोबाइल क्षेत्रलाई आवश्यक वस्तुका रुपमा परिभाषित गर्नेगरी नीति निर्माण गरिनुपर्ने बताउनुभयो ।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको कारोबार पारदर्शी रहेको बताउँदै अटोमोबाइल क्षेत्रमा सरकारको नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो । खुला सीमानाका कारण हुने अवैध व्यापार रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ ।
अटोमोबाइल क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी रहेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रलाई पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पु¥याउँदै आएको बताउनुभयो । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन थप पूर्वाधार आवश्यक रहेको पनि उहाँको भनाइ छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२४’ सुरु भएको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा त्यसका पाटपुर्जा, बैंक तथा वित्तीय क्षेत्र, बीमा कम्पनीलगायतका स्टल राखिएका छन् । प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ ।
–––
Share Now

Post navigation

यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताः नेपाली टोली उपाधिका लागि फाइनलमा बङ्गलादेशसंग भिड्दै
रुसद्वारा युक्रेनमा भीषण हवाई हमला, निसानामा विद्युत् केन्द्रहरू

ताजा समाचार

  • उदयपुरको सुर्खेमा बस दुर्घटना ; एकको मृत्यु , १६ जना घाइते
  • बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
  • विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा
  • सुनचाँदीको मूल्य घट्यो ; छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ४ सय
  • नेपाली कांग्रेस १५औं महाधिवेशनः आज रातिसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

दृष्‍टिकोण

विश्व ‘अण्डा’ दिवस : अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

नारायण अधिकारी / रासस चितवन, २४ असोजः मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त […]

Prakash Adhikari October 10, 2026

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

Prakash Adhikari October 9, 2026

अझै आँखा ओभाएका छैनन् बाढीले आफन्त खोसेका राष्ट्रसेवकका परिवारका

Prakash Adhikari October 9, 2026

दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

Prakash Adhikari October 5, 2026

रोजगारी

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]

Prakash Adhikari October 6, 2026

सुसारेका रूपमा काम गर्न पहिलो खेपमा ८ सय ३६ नेपाली कामदार इजरायल जाँदै

Prakash Adhikari July 17, 2026

श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन

Prakash Adhikari May 30, 2026

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

Prakash Adhikari January 8, 2026

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

काठमाडौँ, २९ असोजः विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण तथा विज्ञापनसम्बन्धी कानुन सुधारलगायतका विषयलाई प्राथमिकतामा […]

Prakash Adhikari October 15, 2026

विदेशी मुद्राको विनिमयदर: आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा

Prakash Adhikari October 15, 2026

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

Prakash Adhikari October 11, 2026

आज मधेस बाहेक ६ प्रदेशमा मध्यम बर्षाको संभावना

Prakash Adhikari October 10, 2026

English

Mt. Everest (Sagarmatha) Day being marked today in Nepal with various programmes

Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]

Prakash Adhikari May 29, 2026

Record 274 climbers scale Everest via Nepal in one day

Prakash Adhikari May 24, 2026

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75