काठमाडौं, १३ कार्तिक । गुल्मी र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा २० जनाको ज्यान गएको छ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने सोमबार नै उदयपुरबाट ओखलढुंगा जाँदै गरेको सुमो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो ।
दुर्घटनमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भीमबहादुर घर्ती मगर ९ड्राईभर०, गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा(२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा(६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यसैगरी मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की, इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का वीरबहादुर मुखिया, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने अन्दाजी बर्ष ३५ का रामप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
दुर्घटनामा एक जना महिला, ५ जना पुरुष र २ जना बालक घाइते भएको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित १७ जना सवार थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जीप सडकको नालीमा रहेको बताए । त्यहाँ ठूलो भीर र साँघुरो बाटो छ ।
उदयपुुरको दुर्घटनामा ९ को मृत्यु
सोमबार नै भएको उदयपुरको सुमो दुर्घटनामा ९ जनाको मृ५यु भएको छ । तीमध्ये मध्ये ७ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा अञ्जना राई, सन्देश किराती, ईश्वर भट्टराई, मिथिलेश कुमार साह, दीपक मित्रकोटी, राजेन्द्र बर्मा र चालक हरि कार्की रहेका थिए ।
गाडीमा ११ जना सवार रहेकामा ३ वर्षको बच्चा सकुशल अवस्थामा घेटिएका छन् भने एक महिलालाई उपचारका लागि बिराटनगर लगिएको छ । मृत्यु भएका दुई यात्रुको भने सनाखत हुन सकेको छैन ।