Prakash Adhikari October 31, 2017

काठमाडौ, १३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै प्रादेशिक सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि छुट्टाछुट्टै मतपत्र छपाईको काम थालिएको बताएका छन् ।

 

राष्टिय जनता पार्टीका नेता सर्र्वेन्द्रनाथ शुक्लाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि अलग अलग मतपत्र हुनु पर्ने जिकिर सहित सर्वोच्च अदालतमा दिएको रीट निवेदनमा सर्वोच्च अदालतले अलग अलग ऐनद्धारा निर्देशित प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने तर समानुपातिक तर्फको मतपत्र छपाई शुरुभैसकेकोले त्यसमा आदेश दिनु नपर्ने र प्रत्यक्ष तर्फको मतपत्र छपाई हुँदा आयोगले विचार पुर्याउने विश्वास प्रकट गर्दै निर्देशनात्मक आदेश दिएको थियो ।

आयोगले एउटै मतपत्र छाप्न लागेको आशंका गर्दै यसै सम्बन्धमा परेको अर्को अदालतको अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले निर्वाचन आयोगलाई यस सम्बन्धमा भएको प्रगति सहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश अनुसार प्रमुख निर्वाचन आयुक्त यादवले सर्वोच्चमा पठाएको जवाफमा अलग अलग मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रमा छपाइएको जिम्म दिइएको र मतपत्र छपाई सुरु भइसकेको जवाफ दिएका हुन ।

उनले अदालतको आदेश अनुसार अलग अलग मतपत्र छाप्ने कार्य भैरहेकोले अवहेलना मुद्दा खारेज गर्न समेत माग गरेका छन् ।

 

Share Now

Leave a comment.