काठमाडौं, २९ जेठ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ।
मंगलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको हो ।
गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ।
त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै आएका छन्।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।
संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने छ।
संसदीय सुनुवाइ पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन्।
संसदको कार्यसञ्चालन नियमावली नबनेकोले संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन भएको छैन।
सिफारीस भएका जोशीको नियुक्तिको पालो कहिले आउछ भन्न सकिने अवस्था छैन् ।