काठमाडौं, २५ भाद्र । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको हो।
यी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्।
विगतमा सरकारले यी संस्थाहरुलाई सहुलियतपूर्ण भन्सार दरमा चिनी ल्याउन नदिएको कारणले दशै र तिहार जस्ता राष्ट्रिय चाडबाडका बेलामा चिनी सहज रुपमा उपलब्ध हुन सकेको थिए ।


















