Prakash Adhikari September 10, 2024

काठमाडौं,२५ भाद्र। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)का ग्राहकलाई बुध्द एयरले हवाई टिकटमा छुट दिने भएको छ ।

एनआईएमबी र बुध्द एयरबीच भएको सम्झौतामा बैंकका ग्राहक साथै तिनका परिवारका सदस्यहरु (बुबा, आमा, श्रीमान।श्रीमति, छोरा र छोरी)लाई बुध्द एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइने भएको छ ।

सम्झौता अनुसार टिकटमा छुट लिन बुध्द एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताले बैंकका ग्राहकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने बैंकको विश्वास लिएको छ ।

Share Now