काठमाडौं, २५ भाद्र । कुमारी बैंक लिमिटेडका ग्राहकलाई धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टले विशेष छुट दिने भएको छ ।
छुट प्रदान गर्ने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार रिसोर्टबाट उपलब्ध हुने खाद्य तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ, ज्याकुजी लगायत सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
छुट पाउनका लागि कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने छ ।


















