Prakash Adhikari September 21, 2024

थिम्पु(भुटान), ५ असोज । दक्षिण एशियाली फुटबल महासंघ(साफ)को १७ बर्षमुनिको उमेर समूह(यु १७) प्रतियोगिता(च्याम्पियनसिप) अन्तरगत नेपाली किशोर समूह आज पाकिस्तानी किशोर समूहसंग भिड्दै छ ।

खेल आज दिउँसो २ बजेदेखि भुटानको राजधानी थिम्पुको चाड.लीमिथानड. रंगशालामा हुँदैछ ।

हिजोदेखि आरम्भ भएको साफ यु १७ च्याम्पियनसीपमा आयोजक राष्ट्र भुटान,भारत, नेपाल,पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालबाट आजको खेलका लागि पेम्बा नोर्बु भोटे,एकराज विक, प्रशान्त मोक्तान, सुवास बम(क्याप्टेन),जोन विष्ट,सुजन डंगोल, पवन पाख्रिन,कृष्णबहादुर आले,भुवन कामी,बिज्ञान खड्का र निशान्त लावत मैदानमा उत्रिएका छन् । नेपालको कोच सनोज श्रेष्ठ रहेका छन् ।

सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको यस प्रतियोगितामा समूह एमा भारत माल्दिभ्स र बंगलादेश छन् भने समूह बीमा भुटान, नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन् ।

पाकिस्तानसंग पहिलो खेल खेलेको नेपालले दोस्रो खेल २३ सेप्टेम्बरमा श्रीलंकासंग खेल्ने छ । तेस्रो खेल आयोजक भुटानसंग २५ सेप्टेम्बरमा खेल्ने छ ।

सेमी फाइनल खेल समूह ए को विजेता र समूह बीको उपविजेताबीच २८ सेप्टेम्बरमा हुनेछ भने त्यही दिन समूह बी को विजेता र समूह ए को उपविजता बीच दोस्रो सेमिफाइनल हुनेछ ।

सेप्टेम्बर ३० मा फाइनल खेल हुने तय भएको छ ।

 

 

Share Now