Prakash Adhikari September 21, 2024

ताइपेई(ताइवान), ४ असोज । एएफसी यु २० एशियन कप छनोट अन्तरगत आज नेपाली युवा टोली कम्बोडियासंग भिड्दै छ ।

आजदेखि ताइवानको ताइपेईमा सुरु भएको खेलमा नेपाल समुह ‘बी’ मा परेको छ । यस समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

सबै खेलहरु चाइनिज ताइवानको ताइपेइ सहरमा अवस्थित फु जेन्क्याथोलिक विश्वविद्यालय रंगशालामा भैरहेका छन्।

प्रतियोगितामा आफ्नो समूहको शीर्ष टोली र पाँच उत्कृष्ट उपविजेताहरुले २०२५ एएफसी यु २० एसियन कप प्रतियोगितामा स्थान पाउनेछन् ।

नेपालले दोस्रो खेल सेप्टेम्बर २५ मा चाइनिज ताइपेइसंग खेल्ने छ । तेस्रो खेल २७ सेप्टेम्बरमा उज्वेकिस्तानसंग खेल्ने छ । नेपालले लिगको अन्तिम खेल २७ सेप्टेम्बरमा बहराइनसंग खेल्ने छ ।

 

 

Share Now