Prakash Adhikari September 22, 2024

काठमाडौँ, ६ असोज : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

जोशीलाई पोखरा ल्याइयो

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

Share Now