न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ७ असोज । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्यूयोर्क आउनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोड.बे, कुवेतका राजकुमार एवम् प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह र राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कसंग अलग अलग भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ ।
उहाँहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।
कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ ।
उहाँहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।
मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।


















