काठमाडौं,७ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै उल्लेख गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएकी उपनिर्देशक गुप्ताले अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भेटवार्तामा नेपालको अर्थतन्त्र सुधार हुँदै गएको कुरा बताउनुभएको हो ।
उहाँले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा राख्नुभएको थियो।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्धरूपमा काम गरिरहेको जानकारी गराउनुभएको थियो।