काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ पर्नुभएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोगमा उहाँलाई पक्राउ गरेको हो ।
नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुनुहुन्छ । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा २०८० जेठमा अनुसन्धान सुरू भएपछि उहाँ फरार हुनुभएको थियो । गत माघमा इन्टरपोलले उहाँ विरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो ।
उहाँलाई भारतबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।