Prakash Adhikari September 29, 2024

ओन्टारियो(क्यानडा), १३ असोज । नेपाल क्यानडा र ओमानका बीचमा भएको त्रिकोणीय श्रृखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानसामुख १ सय ७७ रनको लक्ष्य पेश गरेको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ७६ रन जोडेको हो ।

खेलमा नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा ३ चौका र ३ छक्काका मद्दतले ४० रन जोडेका थिए । खेलमा कुशल मल्लले ३० रनको योगदान गरे भने ओपनर अनिल साह र आशिफ शेखले समान २७ । २७ रनको योगदान दिए । कुशल भूर्तेलले २० रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । कप्तान रोहित पौडेल र देव खनाल २ । २ रनमा आउट भए ।

नेपाललाई रोक्ने क्रममा ओमानका अकिव ऐयासले ३ , जिसन मकसूद, फायज बट र सकिल अहमदले एक एक विकेट लिए ।

नेपालको ६ विकेट मात्रै पतन भएकोले राम्रा ५ बलरहरुले ब्याट उचाल्न परेको छैन । यसको लाभ बलिड.मा हुने देखिन्छ । कसिलो बलिड. गरेमा नेपालले ओमानलाई पराजित गर्न कठिन छैन ।आजको खेलको नतिजा अब बलरहरुको हातमा आएको छ ।

Share Now