Prakash Adhikari October 2, 2024

ओन्टारियो(क्यानडा),१६ असोज । क्यानडा त्रिकोणात्मक टी २० श्रृखला अन्तरगत आज नेपालले ओमानसंग खेल्दै छ । श्रृखला अन्तरगत ओमानसंग यो नेपालको दोस्रो खेल हो ।

ओन्टारियोको किंग सिटीमा मंगलवार राति ९ः४५ बजे हुने खेलमा नेपालको लक्ष्य ओमानलाई पराजित गर्ने हुने छ ।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पहिलो खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको थियो ।  खेलमा १ सय ७ रनको लक्ष्य पाएको ओमानले २ विकेटको क्षतिमा १५ ओभरमा ३० बल बाँकी रहँदै सो लक्ष्य हासिल गरेको थियो ।

हिजो राति सम्पन्न खेलमा नेपाल क्यानडासंग ४ विकेटले पराजित भएको थियो ।

क्यानडाको ओन्टारियोस्थित किंगसिटीमा मंगलवार भएको खेलमा नेपालले दिएको १ सय ४० रनको लक्ष्या घरेलु टोलीले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

यो टी २० श्रृखलाका हालसम्म सम्पन्न ८ खेलमा क्यानडाले दुई जितसहित ४ अंक बटुलेको छ भने ओमान र नेपालले वटै टिमले एक एक जितसहित २ । २ अंक हासिल गरेका छन्।

नेपालले आजको खेलसंग आफ्ना पूरै खेल सक्ने छ भने क्यानडा र ओमानबीच अझै एक खेल खेल्न बाँकी हुने छ । ओमानको लागि अझै थप अंक बटुल्ने अवसर प्राप्त छ । तर नेपालका लागि यो श्रृखलामा दुई अंक थप्ने यो नै अन्तिम मौका हो । यसैले आजको खेल नेपालका लागि गर या मरको स्थितिमा छ ।

Share Now