Prakash Adhikari June 17, 2018

 

रसिया,३ असार(एजेन्सी) । जारी विश्वकपमा आइतबार भर्खरै सर्विया र कोष्टारिकाबीच सम्पन्न भएको समूह ‘ई’को खेलमा सर्विया कोष्टारिकामाथि विजयी भएको छ। सर्वियाले कोष्टारिकामाथि १-० को जीत निकालेको हो।

सर्वियाको लागि दोस्रो हाफको ५६ औं मिनेटमा ११ नम्बरका सर्वियाली कप्तान एलेक्सान्दर कोलारोभले फ्रिकिकबाट शानदार गोल गरेका थिए। कोष्टारिकाका फ्रान्सिष्को कोल्भाले फउल गरेपछि सर्वियाले फ्रिकिक पाएको थियो। सोही फ्रिकिकलाई कोलारोभले गोलमा परिणत गरे।

पहिलो हाफमा दुबै टोलीले एकअर्काको पोस्टमा आक्रमण गरे पनि गोल गर्न भने सकेनन्। खेल अवधिभर कोस्टारिकाले केही उत्कृष्ट मौका गुमाएको थियो।

विजयी गोल गरेका कोलारोभ ‘म्यान अफ द म्याच’ भएका छन्।

Share Now

Leave a comment.