Prakash Adhikari June 18, 2018

काठमाडौं,४ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्समा ५ बजेर ३५ मिनेटमा उनको निधन भएको हो । उनी पित्तथैलीको क्यान्सरबाट पीडित थिए ।

अस्पतालले सोमबार साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।

आफूलाई क्यान्सरको शंका भएपछि बेलायतमा पुगेर उपचार गराएका डा. देवकोटा क्यान्सर जटील अवस्थातिर जाँदै गएको थाहापाएपछि स्वदेशमा नै देहत्याग गर्ने इच्छा लिएर नेपाल फर्किएका थिए ।

नेपाल फर्केपछि उनी आफैले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए ।

उनलाई गत हप्ता गृह जिल्ला गोरखा लगेर फिर्ता ल्याइएको थियो ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीकाा लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा.देवकोटाको काजकिरिया उनकी पत्नी डा। मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ ।

काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

Share Now

Leave a comment.