हेटौडा(मकवानपुर) , ४ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका सभापति शेरवहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय मकवानपुर, हेटौडामा सम्पन्न भएको छ ।
वैठकमा महामन्त्री डा. शशांक कोइरालाले जिल्ला सभापतिहरुको भोलिदेखि प्रारम्भ हुने राष्ट्रिय भेलामा छलफल गरिने मुख्य तीन विषय– संगठन, विधान र समसामयीक मुद्धाका वारे जिल्लाहरुमा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मकवानपुरका सभापति एवं राष्ट्रिय भेलाका स्थानीय व्यवस्थापन तयारी संयोजक श्री ईन्द्र बहादुर बाँनीयाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए ।
भेलामा सहभागी हुन प्राय जिल्ला सभापतिहरु हेटौडा आईसकेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस जिल्ला सभापतिहरुको भेलाको भव्य समारोहका वीच भोलि असार ५ गते ११ः३० बजे स्थानीय पल्पसा हलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।