सानोथिमि(भक्तपुर), ४ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
प्रकाशित नतिजा अनुसार ८६ हजार २ सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात परीक्षामा सामेल भएका मध्ये ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । ग्रेड वृद्धि पूरक परीक्षामा १ लाख २२ हजार १ सय ७१ जना विद्यार्थी सम्मिलित थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।
कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।
पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ । त्यसरी आवेदन दिँदा प्रति विषय ५०० रुपैयाँ दस्तुर लाग्ने बोर्डले जनाएको छ ।
परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service / IVR Service बाट प्राप्त गर्न सकिनेछ ः
1. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
2. नेपाल टेलिकमको website : www.neb.ntc.net.np
SMS सेवा :
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB <space> Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।