Prakash Adhikari October 20, 2024

काठमाडौँ, ४ कात्तिकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् धितोपत्र बजार परिसूचक ४७.४४ अङ्कले घटेर २६९१.९१ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर रु ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२/८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

Share Now