Prakash Adhikari October 21, 2024

 

काठमाडौं, ५ असोज । साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज साझ ५ः३० बजे आयोजक नेपाल र पाहुना माल्दिभ्ससंग भिड्दै छ । समूह चरणमा यो नेपालको दोस्रो खेल हो । यस अगाडिको पहिलो खेल नेपालले भुटानसंग गोलरहित बराबरीमा टुंग्याएको थियो ।

आजको खेलमा नेपालकी विश्वचर्चित स्ट्राइकर सावित्री भण्डारी पनि समावेश हुने संभावना रहेको छ । अघिल्लो खेलमा उनी फ्रान्सको क्लबसंग खेलिरहेको कारण उपस्थित हुन सकेकी थिइनन् । यस पटक च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल अघिल्लो खेलमा भुटानसंगै बराबरीमा रोकिन परेकोले आजको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।

बंगलादेश र पाकिस्तान पनि बराबरीमा

साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आइतबार सम्पन्न बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै तीन अङ्क जोडेको थियो । बङ्गलादेश र पाकिस्तानको समान एक÷एक अङ्क रहेको छ ।

खेलको पहिलो हाफमा पाकिस्तानले पहिलो अग्रता लियो । खेलको ३२औँ मिनेटमा पाकिस्तानकी जाहमेना मालिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् ।

त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बङ्गलादेशले गोल फर्कायो । बङ्गलादेशकी सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन् ।

समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १ः३० बजे हुने पहिलो खेलमा भूटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ ।

सायद ‎'‎SAFF WOMEN'S CHAMPIONSHIP 2024 NEPAL 17-30 OCTBEB, DASHARATH STADIUM GROUP C 170T PAK GROUP C 18 OCT SRI 18 OCT IND NEP 17:30 20 OCT MDV BAN 13:30 21 OCT 17:30 C BHU OCT PAK MDV 17:30 名 23 OCT SRI NEP IND O 13:30 24 OCT MDV 17:30 24 OCT BAN NEP 17:30 27 OCT BHU GROUP 国 13:30 27 OCT CHAMPION SRI GROUP 17:30 CHAMPION GROUP 'ץ' RUNNER-UP 30 OCT GROUP WIINNERO OF F1 13:30 RUNNER-UP 17:30 WINNER OF SF 17::30‎' भन्ने पाठ‎ को फोटो हुनसक्छ

Share Now