काठमाडौं, ५ कार्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले युनाइटेड किंगडम एक्रिडिसन सर्भिसबाट मान्यता प्राप्त अतिभो लिमिटेड युकेबाट आइएसओ/आईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ। आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
यसबाट कम्पनीले जोखिम आधारित मोडालिटीमा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि प्रतिरक्षाको पहिलो पड.तीबाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।
आईएसओ/आईईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।