काठमाडौं, साताको चौथो दिन नेपालको शेयर बजार पुनः ओरालो लागेको छ। हिजो बढेको शेयर बजारले उकालो यात्रा निरन्तरता दिने अनुमान गरिएको थियो । तर कारोबार समय सकिदा यसले हरियो रंग ओढ्न सकेन् । बजार हिजोको तुलनामा २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा रोकिन पुग्यो ।
यस दिन ३ सय २४ स्क्रिप्टको १ करोड ५७ लाख ४२ हजार ५ सय १४ शेयरको खरिदबिक्रीबाट ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८ सय ५३ रुपैया ७३ पैसाको कारोबार भएको छ ।
यस दिन ७६ स्क्रिप्टको मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढेको छ भने १ सय ५५ को मूल्य घटेको छ । बजारमा १३ वटा कम्पनीका शेयर मूल्य भने हिजोकै यथावत रहन पुगेको छ ।
यस दिन शेयर मूल्य बढेका कम्पनीहरुमा आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, एनआईसीए ८२/८३ डिबेञ्चर, मञ्जुश्री फाइनान्स,साहस उर्जा, एनआईबीएल ग्रोथ फण्ड, हिमालय डिष्टिलरी, सेन्ट्रल फाइनान्स, रावा इनर्जी । कुमारी इक्विटी फण्ड रहेका छन् ।
अघिल्लो दिनको तुलनामा यस दिन अधिक मूल्य गुमाउने कम्पनीहरुमा महुली सामुदायिक लघुवित्त, हिमालयन बैंक लिमिटेड, सिटिजन्स् बैंक इन्टरनेशनल, ग्रीन भेञ्चर्स, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, भगवती हाइड्रोपावर, एनआईसी फ्लेक्सी क्याप, नेपाल फाइनान्स र सानिमा बैंक रहेका छन् ।
कारोबारका हिसाबमा यस दिन आईसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख, कुमारी बैंकको २६ करोड ९७ लाख, साहस ऊर्जाको २६ करोड १७ लाख,समृद्धि फाइनान्सको २४ करोड ८४ लाख, हिमालयन डिष्टिलरीको १९ करोड ९० लाख, एसबीआई बैंकको १९ करोड ४५ लाख, गुडविल फाइनान्सको १८ करोड ३४ लाख, न्यादी ग्रुप पावरको १३ करोड ५३ लाख, प्रभु बैंकको १२ करोड २० लाख र नेपाल फाइनान्स कम्पनीको १२ करोड १७ लाख रुपैयाको कारोबार भएको छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा दर्ता भई बर्गीकरणमा परेका १३ उपसमूह मध्ये फाइनान्स र ब्यापार बाहेक सबैंको उपपरिसूचक घटेका छन् ।