Prakash Adhikari October 24, 2024

बालेनले मुख खोले, रविबारे यस्तो बोलेः जो आफै ठग हो र भ्रष्टाचारीसंग सम्झौता गर्छ,त्यसले देश कसरी बनाउछ ?

काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको सातौ दिनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले मुख खोल्नुभएको छ ।

भ्रष्टचारीसंग संझौता गरेका रविले भ्रष्टाचारीलाई कसरी जेल हाल्ने? भन्ने प्रश्न उठाउदै उहाँले रवि सत्तामा पुगेपछि उहाँले गर्नुभएका कामको सूचीका केही प्रतिनिधि नमूना स्मरण गराउँदै व्यंग्यात्मक कविता नै लेख्नुभएको छ । बालेन्द्र साह लेख्नुहुन्छ:

-सुनकाण्डमा कृष्णबहादुर महरालाई बचाएर सुनकाण्ड नै फासफुस बनाउने रवि,
-अदालतले हत्या आरोपमा पक्राउ पूर्जी जारी गरेको पन्चासिंहलाई पक्रिनुको सट्टा उल्टै मुद्दा नचालउने निर्णय गर्ने रवि,
-दोहोरो पासपोर्ट काण्ड मिलाउन प्रचण्डलाई विश्वासको मत दिने रवि,
-सहकारी पीडितले कास्कीमा दिएको जाहेरी दर्ता गर्न नदिने रवि
-जो आफै ठग हो र भ्रष्टाचारीसंग संझौता गर्छ,
-त्यसले देश कसरी बनाउँछ? कसरी दिन्छ सुशासन?

 

Share Now