काठमाडौँ, १३ कात्तिक । आईसीसी विश्वकप लिग २ को छनोट चरण अन्तरगत नेपाल र स्कटल्याण्डबीच अमेरिकामा चलिरहेको खेलमा नेपालले छैठौंं विकेट गिराएको छ ।
नेपालका लागि छैठौ विकेट करण के.सीले गिराएका हुन् । उनले २६.२ ओभरमा १४ रन जुटाईरहेका स्टकल्याण्डका मिचाइल लिस्कको विकेट लिएका हुन् । यस पहिले गुल्शन झाले २२. ४ ओभरमा रिची बेरिड.टनको विकेट लिएका थिए । उनी १९ रनमा आउट भएका थिए । नेपाललाई आरिफ शेखले २१.४ ओभरमा चौथो सफलता दिलाएका थिए । उनले मिचाइल जोन्सलाई १९ रनमा आउट गरेका थिए । यस अगाडि नेपालका सन्दीप लामिछानेले ११.५ ओभरमा स्कटल्याण्डका ब्राण्डन म्याकमिलनको विकेट लिएका थिए । उनी १६ रन जोडेको अवस्थामा आउट भएका थिए । नेपाललाई दोस्रो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले ७.६ ओभरमा एण्ड्रयू उमिदलाई १४ रन बनाएको अवस्थामा आउट गराएका थिए । नेपाललाई पहिलो विकेट करन के.सी.ले दिलाएका थिए । उनले चार्ली टियरलाई शून्य रनमा आउट गरेका थिए ।
ंअमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ–११ कप्तान पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।


















