काठमाडौं, १५ कार्तिक । एनआइएमबि एस क्यापिटल लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई शेयर लगानी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा गत शुक्रबार सिन्धुपाल्चोकको चौतारामा रहेको श्री कृष्णरत्न माध्यमिक विद्यायलमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ)द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।
कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली शेयर बजारका विभिन्न पक्षहरुको सम्बन्धका बारेमा पनि छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।