ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), १७ कार्तिक । आईसीसी वल्र्डकप लिग २ अन्तरगत भइरहेको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय श्रृखला अन्तरगत अमेरिकामा भइरहेको आजको खेलमा आयोजक अमेरिकाले नेपालसामु २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको टेक्सास राज्यको ड्याल्लासमा रहेको ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर ब्याटिड.को निम्तो पाएको अमेरिकाले ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ८१ रन जोडेको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ७५,मोनाक पटेलले ६७, हरमित सिंहले ५९, आरोन जोन्सले २६, सञ्जय कृष्णमूर्तिले १५, सायम जहाँगिरले १०, उत्कर्ष श्रीवास्तवले ८, स्याडलि भान स्चलक्वायकले ७ रनको योगदान गरेका थिए ।
अमेरिकी टिमलाई रोक्ने क्रममा नेपालमा गुल्शन झाले ३, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ र कुशल भूर्तेलले १ विकेट लिएका थिए ।