हंगकंग(चीन), १८ कार्तिक । हङकङमा सञ्चालन भइरहेको हंगकंग सिक्सेसको प्लेट सेमिफाइनलमा नेपाली युवा टोली युएईसँग पराजित भएको छ ।
आज भएको प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।
खेलमा नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए ।
युएईलाई रोक्ने क्रममा नेपालका लागि राशिद खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।
नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए ।
युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।
युएईले आजै दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्ने तालिका छ ।