अजमान(युएई), २२ कार्तिक । युएईमा जारी महिला यु १९ टि २० विश्वकपको एसिया छनोटको आज हुने नेपाल र कुवेतको खेलमा नेपालले टस जितेको छ ।
युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु खेलमा नेपालले पहिले ब्याटिड. गर्ने भएको छ ।
नेपाल र कुवेत दुवैको यो दोस्रो खेल हो।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ ।
कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ।
छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
पूजा महतोको कप्तानी रहेको नेपाली टोलीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी सम्मिलित छन् ।