Prakash Adhikari November 27, 2024

 

काठमाडौं, १२ मंसिर। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बहाली गर्नुभएको छ । सोमबारको मन्त्रिपरिषद वैठकबाट अध्यक्षमा नियुक्त हुनुभएका श्रेष्ठले बुधबार बिहान कार्यालय खुलेपछि पदबहाली गर्नुभएको हो । उहाँले हिजो मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

पद बहालीपछि बोर्डका सञ्चालक समितिका सदस्य एवम् कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले प्रक्रिया पुर्याएर आईपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिने, लगानीकर्ताको हितमा काम गर्ने, लगानीका बाटोमा देखिएका अवरोध हटाउने र पुँजीबजारको दायरा बिस्तार गर्न आफुले यथासक्य काम गर्ने बताउनुभएको थियो । उहाँले बोर्डलाई देशको अर्थतन्त्रमा योगदान दिने गरि सञ्चालन गरिने पनि बताउनुभयो।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताउनुभएको छ ।

उहाँले नयाँ स्कटको धेरै काम अघि बढेको जानकारी आफूले पाएको बताउँदै त्यसमा सरकारको सहयोग लिएर टुंगोमा पुर्याउने पनि उल्लेख गर्नुभएको थियो ।

झण्डै ११ महिनादेखि खाली रहेको बोर्डले पूर्णकालीन कार्यकारी अध्यक्ष पाएको दिनदेखि नेपालको शेयर बजारले पनि उध्र्वगति लिएको छ ।

Share Now