Prakash Adhikari January 4, 2025

काठमाडौं, २० पौष । जय ट्रफी मेन्स एलिट कपमा प्रतिस्पर्धा गर्ने चारैवटा नेपाली टिमको खेलमा सहभागी हुने टोली घोषणा गरेका छन्।

त्रिभुवन आर्मी क्लबले शनिबार बिहान टोली घोषणा गरेसँगै चारै टोलीले स्क्वाड सार्वजनिक भएको हो।

प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, वाग्मती र मधेश प्रदेशको सहभागिता रहने छ । त्रिभुवन आर्मी क्लबको नेतृत्व विनोद भण्डारीले गर्दैछन् भने नेपाल पुलिस क्लबको नेतृत्व आरिफ शेखले । मधेश प्रदेश हरिशंकर शाहको कप्तानीमा खेलाडीहरुलाई मैदानमा उतार्दै छ भने बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुने छ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।फाइनल माघ १ गतेदेखि ३ गतेसम्म हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा भोलि विहान मधेश प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुनेछ। भोलि नै वीरगञ्जको मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट हुनेछ।

कुन टोलीबाट को-को खेल्दै छन् ?

बागमती प्रदेशको टोली : सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

मधेश प्रदेशको टोली : हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव

नेपाल पुलिसको टोली : आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला

त्रिभुवन आर्मी क्लबको टोली : विनोद भण्डारी(कप्तान), भीम सार्की, साहब आलम, सोमपाल कामी, सुमित श्रेष्ठ, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसीर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेस गुप्ता, कुशल मल्ल

Share Now