Prakash Adhikari January 4, 2025
काठमाडौँ, २० पुस :  गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३ सय ३१ बराबरको बीमा दावी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार, कूल ३ हजार ६ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म १ हजार ८ सय ९ वटा दावीको रु १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार १ सय ५४ बराबर भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा १ हजार ७ सय ७४ वटा दावी परेको छ । रु ९अर्ब २२ करोड २५ लाख ५६ हजार २ सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ ।
यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३ सय २४ वटा दावी परेको छ । त्यसमा रु २ अर्ब ८४ करोड १९ लाख २६ हजार ५ सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९ सय ५४ वटा आवेदन परेको छ । त्यसमा रु ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ ।
मोटर बीमा सार्वजनिकतर्फ ३ सय ९३ वटाको आवेदन परेको छ । त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु ४ करोड ४ लाख ९७ हजार बराबरको रकम माग भएको छ ।
पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा रु ३ करोड ८२ लाख ५५ हजार २ सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ १ सय ३७ वटा आवेदन पर्दा रु १ करोड ५ लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार ७ सय ६७ बराबरको माग दावी भएको छ ।
प्राधिकरणका अनुसार कोशीमा २ सय ६७ दावी परेकामा १ सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा १ सय ८ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा ३ हजार २ सय १३ माग दावी रहेकामा १ हजार ५ सय ८५ वटाको बभुक्तानी भएको छ ।
गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
Share Now