Prakash Adhikari January 4, 2025

 

 

काठमाडौं, २० पौष ।   नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका प्रमुख सूचना अधिकृत होम बहादुुर खड्काले दिनुभएको जानकारी अनुसार मिति २०८१ साल पौष १९ गते सम्पन्न सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  प्रकाशकुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिक प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र के.सी.ले हस्ताक्षर गर्र्नुभयो ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने General Pathology test, Molecular Test, Outsourcing Test, USG, ECHO, ECG, X-Ray, PFT, Endoscopy, Colonoscopy, RT-PCR Test,आदि जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुनसक्ने छन् ।

 

Share Now