Prakash Adhikari July 1, 2018

काठमाडौं, १७ असार । नेपाल वायुसेवा निगमको हिरक जयन्तीको रुपमा मनाइएको बार्षिकोत्सव कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निगमको व्यवस्थापनप्रति चर्को असन्तुष्टी सार्वजनिक गर्नुभएको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सरकारले सडक निर्माणमा लगानीको प्रतिफल नखोेजे जस्तै नेपाल वायुसेवामा गरेको लगानीको पनि प्रतिफल खोज्न नहुने तर्क राखेपछि मन्त्री अधिकारी पड्कनुभएको हो ।

मन्त्री अधिकारीले भन्नुभो, ‘सानोतिनो घर बनाउनेले त घर निर्माण सम्पन्न नगर्दै भाडामा बस्ने ग्राहक खोजेर उसको इच्छा र आवश्यकता अनुसारको फिनिसिड. गर्दछ । विशुद्ध व्यववासिक ढंगले स्वदेशी र विदेशी विमान सेवासंग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर आफूलाई नाफामा लैजानुपर्ने संस्था सरकार जमानाी बसेर जहाज ल्याइदिदा पनि चलाउन सक्दैन भने नसक्ने पाखा लाग्छन, सक्ने आएर चलाउछन् ।’

यस अगाडि निगम कर्मचारी संघका अध्यक्ष तारणीराज दाहालले वाइडबडी विमान भित्रिएसँगै चुनौती पनि थपिएको बताउनुभएको थियो ।दाहालले न्यारोबडीको टिकट नै बिक्री गर्न गाह्रो भैरहेका बेला अब वाइडबडीको टिकट कसरी बिक्री गर्ने भन्ने समस्या थपिएको बताउदै भन्नुभो,टिकट बिक्री गर्न सकिएन भने हाम्रो हविगत के हुन्छ रु यसका लागि तयार रहनुपर्छ ।”

दाहालले चाइनिज विमान सञ्चालनका लागि खर्चिलो र उपयुक्त छैन भन्न थालिएकोप्रति संकेत गर्दै उक्त विमान खरिद गर्नका लागि सिफारिस गर्नुका पछाडि कारण के थियो, त्यसको छानबिन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कर्मचारीहरुले व्यवस्थापनको क्षमता र दक्षतामा प्रश्न उठाएपछि महाप्रबन्धक कंंसाकारले “सरकारले सडक विभागमार्फत् सडकमा गरेको लगानीको प्रतिफल खोज्दैन । त्यस्तै, निगममा गरेको लगानीको पनि प्रतिफल खोज्नु हुँदैन । यो सरकारी हो । पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय ध्वजावाहक नभएसम्म सम्भव छैन ” भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।

मन्त्री असन्तुष्ट
निगम व्यवसायिक रुपले चल्न असमर्थ भएपछि आन्तरिक उडानको लागि ६ वटा चिनिया जहाज र अन्तराष्टिय उडानको लागि २ वटा न्यारो बडी र २ वटा वाइड बडीका विमानको लागि सरकार जमानी बसेर झण्डै ३५ अर्बको नयाँ विमान खरिद गर्दा पनि उल्टो सडक विभागको जसरी चुपचाप बसेर हेर्न पर्ने उपदेश सुनेपछि मन्त्री अधिकारीको धैर्यको बाँध टुटेको थियो । मन्त्री अधिकारीले भन्नुभयो, “नेपाल वायु सेवा निगम र सडक विभाग एउटै हैन । तपाईंहरुले बिजनेस गर्ने हो, सडक विभागले लगानी गरेको सडक बिजनेसको प्रयोजनका लागि हैन ।”

उहाँले २० वर्ष अगाडि बनाएको योजनाले अब निगम नचल्ने बताउदै भन्नुभयो, “जेठो वायुसेवा कम्पनी भनेर हुँदैन । दुई–चार वर्ष अगाडि आएका कम्पनीले पनि उछिन्न सक्छ । बजार खोज्नुपर्छ, प्रतिस्पर्धा गर्नुपर्छ ।”

मन्त्रीले खाडी मुलुकमात्रै उडान गरेर निगम उभो नलाग्ने संकेत गर्दै अमेरिका, युरोप, अष्ट्रेलियालगायत देशमा नयाँ गन्तव्य तय गर्नुपर्नेमा जोड दिनुभएको थियो । अर्थ मन्त्रालयले ५ अर्ब दिन लागेको, नयाँ विमान खरिदका लागि सरकार जमानी बसेको अवस्थामा समेत निगमले आफूलाई अगाडि बढाउन नसके कहिल्यै पनि उठ्नै नसक्नेगरी ढल्ने मन्त्री अधिकारीले बताउनुभयो।

कार्यक्रममा पर्यटन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले वाइडबडी विमान सञ्चालन निकै खर्चिलो रहेको भन्दै निगमको व्यवस्थापन कुसल नभएर अफ्ठ्यारो अवस्था आउने बताउनुभयो । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग लिएको ऋण तिर्न त्यति सजिलो नरहेको भन्दै त्यसका लागि वाइडबडी विमान सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आचार्यको भनाइ थियो । निगमले सरकारकारसँग दुईवटा वाइबड्री किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग २४ अर्ब रुपैयाँ ऋण लिएको छ । यस अगाडि दुईवटा न्यारो बडीका विमान किन्न सञ्चय कोषसंग १० अर्ब ऋण लिएको थियो । यस बाहेक झण्डै ३ अर्ब जतिको ओभर डफ्ट पनि लिएको छ ।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाज यही साता ल्याएको छ । उक्त वाइडबडी विमानमा २७४ सिट छन् । जसमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् ।

आन्तरिक उडान सुचारु गर्न सरकारले किनिदिएका ६ वटा चिनिया जहाज र अन्तराष्टिय क्षेत्रमा प्रतिस्पर्धा गर्न नेपाल सरकारको जमानीमा करिब ३५ अर्बका किनिएका २ न्यारो बडी २ वाइड बडीका विमान सञ्चालन गर्ने असक्षम देखिएको निगमको व्यवस्थापन अझै आन्तरिक उडानका लागि ६ वटा ट्विन ओटर विमान किन्न लविड. गरिरहेको छ ।

Share Now

Leave a comment.