Prakash Adhikari July 1, 2018

मस्को(रुस),१७ असार । रुसमा जारी २१ औं संस्करणको फुटबल बिश्वकपमा रुस र स्पेनबीचको खेलमा भएको पेनाल्टी सुटआउटमा रुसले स्पेनलाई पराजित गरेको छ। पेनाल्टी सुटआउटमा रुसका गोलकिपर इगर एकिनफिवले स्पेनका दुई पेनाल्टी रोकेका थिए।

यो पराजयसँगै स्पेन विश्वकपबाट बाहिरिएको छ।

खेल अतिरिक्त समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
निर्धारित ९० मिनेटमा दुवै देशले एक एक गोलको बराबरी खेलेका थिए।

निर्धारित समय बराबरीमा सकिएपछि खेल खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो। खेलको सुरुमा स्पेनले रुसले दिएको सुसाइड गोलमा अग्रता लिएको थियो।

खेलको १२औँ मिनेटमा सेर्गेइ इग्नासेभिचले बल रोक्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए।
त्यसपछि पहिलो हाफ सकिनु केही पहिले रुसका लागि आर्टेन डिज्यूबाले गोल गरेर खेललाई बराबरीमा ल्याए। आर्टेनले ४१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

खेलम रुसका गोलकिपर इगर एकिनफिवले उत्कृष्ट प्रदर्शन गरे ।
रुस पहिलो पटक विश्वकपको इतिहासमा पहिलोपल्ट क्वार्टरफाइनलमा पुगेको छ ।

 

Share Now

Leave a comment.