काठमाडौं, ७ मंसिर । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसको १५ औं महाधिवेशन तयारी समितिको बैठक बुधवार बस्ने भएको छ।
नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुँइकेलले आज दिनुभएको जानकारी अनुसार बैठक सम्पर्क कार्यालय चुनदेवीमा बिहान ११ बजेदेखि बस्नेछ ।
संयोजक कुइँकेलले बैठकका लागि आयोजक समितिका सबैलाई आमन्त्रण गरिएको जानकारी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनद्धारा निर्वाचित नियमित महाधिवेशन पक्षधर समूहले पार्टीको १५ औं महाधिवेशन आयोजक समितिमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, नेपाली कांग्रेसका पूर्व पदाधिकारी एवं सदस्यहरू, नेपाली कांग्रेससँग आबद्ध प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू, संविधानसभाका सदस्यहरु, पूर्व सांसदहरु, १५ औं महाधिवेशनका लागि जिल्लामा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरू, नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीहरु, नेपाली कांग्रेस आबद्ध प्रदेश सभाका सांसदहरू, नेपाली कांग्रेसको सातै प्रदेशका निवर्तमान पदाधिकारीहरू, नेपाली कांग्रेससँग आबद्ध प्रदेश सभाका पूर्व सांसदहरु, नेपाली कांग्रेसका जिल्ला सभापतिहरू एवं संयोजकहरु, भातृ संस्थाका अध्यक्ष र सभापति एवं पदाधिकारीहरू, शुभेच्छुक संस्थाका अध्यक्ष पदाधिकारीहरू, भातृसंस्था एवं शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी हरू, काठमाडौँ उपत्यका भित्रका नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरू एवं जिल्ला पदाधिकारीहरु लगायत आवश्यक व्यक्तिहरू रहेको जानकारी दिएको छ ।
बैठकमा समितिमा रहनु भएका पदाधिकारी एव सदस्यहरुलाइ उपस्थितिकालागि अनुरोध सहित पत्र पठाइसकिएको बताइएको छ ।






