काठमाडौं, २० माघ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।
मोन्टी सँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभएको छ ।
मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमको क्षमतामा उल्लेखनीय सुधार आएको थियो । उनको प्रशिक्षण कलाले नेपाललाई पहिलो पटक एसिया कपमा पुर्यो । खराब लयमा रहेर टी २० विश्वकपमा पुग्ने सपना छोडिसकेको नेपाली टीमलाई पुर्नताजगी दिएर उनले आईसीसी टी २० विश्वकपमा समेत पुर्याए । यद्यपि नेपालका उम्दा खेलाडी मानिएका सन्दीप लामिछानेको व्यक्तिगत आचरणका कारण राष्ट्रिय टिममा उतार चढाव आएका कारण नेपालको टिमको प्रर्दशनमा केही असर भने त्यहाँ अवश्य पर्न गयो ।
मोन्टीले आफ्नो करार अवधिमा नेपाली ब्याटरहरुको क्षमतामा निखार ल्याए । त्यसपछि उनले नेपाली बलरहरुलाई पनि ब्याटिड.मा उभिन सक्ने बनाए । त्यसपछि उनले ब्याटरहरुलाई अल राउण्डर बनाउन पनि योगदान दिए । पछिल्लो चरणमा नेपालका ब्याटरहरु बलिड.मा पनि चम्कदै आएका छन् ।
उनले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।
मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको भन्दै नेपाल क्रिकट संघले उनलाई धन्यवाद दिएको छ ।
क्यानले भनेको छः
धन्यवाद प्रशिक्षक मोन्टी
‘एक बलको लडाई’लाई अविस्मरणीय विजयमा परिणत गर्ने र खुसीको ड्रेसिङ रुमलाई परिवारमा परिणत गर्ने प्रशिक्षकलाई !🏏✨
विभिन्न अड्चनका बाबजुद हाम्रो एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको रक्षा गर्नेदेखि एसिया कपमा एसियाली दिग्गज भारत र पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेसम्म, जोश र प्रतिबद्धताका साथ विश्वकपको मञ्चमा नाच्नेसम्म, तपाईंले नेपालको क्रिकेट सपनालाई उचाल्नुभएको छ। तपाईंको विश्वास, तपाईंको मुस्कान र तपाईंको हृदयले टोली मात्र होइन, स्थायी विरासत निर्माण गरेको छ।
तपाईंले अर्को साहसिक कार्य सुरु गर्दा, हाम्रो १२ औं पुरुषले सधैं तपाईंको नाम प्रतिध्वनित गर्नेछ र हाम्रो कृतज्ञता तपाईंले हामीलाई दिनुभएको सम्झनाहरू जत्तिकै अनन्त हुनेछन् । 🙏❤️
धन्यवाद,
मोन्टी देशाई


















